दुई थान भरुवा बन्दुकसहित एक पक्राउ
लमजुङ | भदौ १६, २०७९
लमजुङ । यहाँ दुई थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । क्व्होँलासोथर गाउँपालिका–८ घाम्राङ घर भई हाल वडा नं ९ साल्मे बस्ने २७ वर्षीय यमबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अवैधरूपमा लुकाइछिपाइ राखेको तथा स्थानीयवासिन्दालाई धाकधम्की दिने गरेको भन्ने विषेश सूचनाका आधारमा उनलाई मङ्गलबार एक थान लोड गरेको र एक थान अनलोड गरेको बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
रानामगरलाई लमजुङ जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा बुधबार सात दिनको म्याद लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, सङ्घ तथा प्रदेशको निर्वाचन नजिकिएसँगै अवैधरूपमा राखिएका हातहतियारबाट हुनसक्ने घटनालाई रोक्न सक्रियता रुपमा लागेका छौँ ।आज बिहान ती अभियुक्तलाई पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको प्रहरीले यसअघि केही महिनाअघि बेँसीसहर नगरपालिका–१ बाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

